site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कर्मा’का कलाकारले गरे यस्तो दाबी 

काठमाडौं । चलचित्र ‘कर्मा’ नेपाली सिने नगरीमा आइरहेका भन्दा फरक खालको चलचित्र भएको यसका कलाकारहरूले बताएका छन् । स्टोरी र न्यारेसन फरक हुँदा आइरहेका भन्दा यो चलचित्र भिन्न रहेको कलाकारहरूको दाबी छ । 

‘कर्मा’का खलपात्रको भूमिकामा रहेका मुकुन भुसालले निर्देशक सौरभ चौधरीले स्टोरी फरक तरिकाले प्रस्तुत गरेको बताउ । कथा भन्ने तरिका पनि फरक हुँदा ‘रेगुलर’ आइरहेका भन्दा यो चलचित्र फरक रहेको उनको भनाइ छ । 

अभिनेत्री सरिता गिरीले ‘कर्मा’ले नेपाली चलचित्र उद्योगमा रहेको आमा चरित्रका भाष्य नै बदल्ने बताएकी छन् । 

आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको भूमिकामा काम गरेको तर ‘कर्मा’मा भने अरुमा भन्दा फरक रहेका उनको भनाइ छ । 

“आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,” उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्रले हटाइदिनेछ ।”

निर्देशक चौधरीले जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने बताए । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” उनी भन्छन्, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”

नायिका उपासना सिंह ठकुरीले एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको उनले बताएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ । 

चैत २९ गते रिलिज हुने चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’मा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्डस्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । 

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro