site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती विधेयकबारे सभामुख– समितिबाट जे आएको छ, त्यही पारित भएको हो
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् ।

मंगलबार सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"समितिबाट जे प्रतिवेदन आएको छ, संसद्‌बाट त्यही पारित भएको छ । समितिमा किन गर्‍यो ? कसले गर्‍यो ? छानबिन त गर्नैपर्छ । विश्वासअनुसार काम गर्नुपर्‍यो । गलत चिज पास हुनुभएन," उनले भने ।

उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्