site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौ । अखिल नेपाल फुटबल खेल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ गरेको छ । मगंलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमबीच एन्फाले मलेसियाविरुद्ध हुने एफसी क्वालिफायर र सिंगापुरसँग हुने मैत्रीपूर्ण खेलका लागि टोलीको बिदाइ गरेको हो ।

एन्फाले मुख्य प्रशिक्षक म्याट रोसको नेतृत्वमा २३ सदस्य टोलीलाई बिदाइ गरेको हो । नेपाली टिमको कप्तानी जिम्मेवारीमा गोलकिपर किरण चेम्जोङ छन् ।

बिदाइ कार्यक्रममा कप्तान किरणले यसपटकको खेलमा नेपाली फुटबल समर्थकहरूले खेलमा परिवर्तन पाउने जनाए ।

सञ्चरकर्मीहरूसँगको कुराकानीमा उनले भने, “हामी एकदम उत्साहित छौँ । प्रशिक्षक पनि नयाँ हुनुहुन्छ । नयाँ प्रशिक्षक पनि हामीसँग काम गर्न उत्साहित हुनुहुन्छ । तपाईंहरूले अब नेपाली टिममाको प्रदर्शनमा केही परिवर्तन देख्नुहुन्छ,”

यस्तै, नेपाली राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले नेपाली खेलाडीहरूप्रति आफू सकारात्मक रहेका प्रतिकृया दिए ।

उनले भने, “म हामीसँग भएका खेलाडीहरूप्रति निकै सकारात्मक छु । खेलाडीहरू प्राविधिक रूपमा निकै अबल छन् । नेपालमा पनि प्रतिभाशाली खेलाडीहरू छन् भन्ने कुरा छर्लंग छ र मैले पहिलो पत्रकार सम्मेलनमा पनि भनेको थिए । प्रतिभाशाली खेलाडीको कमी छैन । उनीहरूलाई प्रोत्साहन चाहिएको छ । खेलाडीहरूको एटिट्य्ड र कमिट्मेन्ट एकदम प्रशंसनीय छ । उनीहरूमा कुनै पनि एटिट्युड समस्या छैन ।”

छोटो समयमा नै खेलाडी छनोट गरेका उनले खेलाडी छनोट गर्न निकै कठिनाइ भएको समेत बताए । उनी गत फागुन २० गते मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको आगमनको एक महिना नबित्दै बन्द प्रशिक्षण बोलाएर १३ दिनभित्र अन्तिम २३ खेलाडी छनोट गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro