site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राहुघाट जलविद्युत् आयोजनामा तालाबन्दी
फाइल तस्बिर ।

म्याग्दी । जिल्लास्थित रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले सोमबार तालाबन्दी गरेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

रघुगंगा–४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा गत फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमा मृत्यु भएको थियो ।

निर्माण कम्पनी र आयोजनाले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि पिप्लेस्थित रघुगंगा हाइड्रोपावरको कार्यालयमा ताला लगाइएको बेनी–२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाले बताए ।

“तिल्केनीचौरस्थित ठेकेदारको कार्यालयमा ताला लगाउन पुगेका बेनी–२ ज्यामरुककोटका बासिन्दालाई प्रहरीले रोकेको थियो । ताला लगाएपछि सरोकार भएका पक्षले मंगलबार बिहान छलफलका लागि आह्वान गरेका छन्,” उनले भने ।

बेनी अस्पतालमा राखिएको मृतकको शव आफन्तले अझै बुझ्न मानेका छैनन् । ठेकेदार कम्पनीले बिमा र कम्पनीको नियमानुसार पाउने राहत उपलब्ध गराउन तयार भए पनि मृतकका आफन्तले रु ५० लाख माग गरेकाले समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ ।

निर्माणको अन्तिम चरणमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा गत पुसयता भएका दुर्घटनामा घिमिरेसहित चारजनाको मृत्यु भएको छ । रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदार र मजदुरका आफन्तसँग समन्वय र सहजीकरण भइरहेकाले यथाशीघ्र समस्या समाधान हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro