site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार (चैत ५ गते) सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro