site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय संसद्‌मा सांसदहरूको संख्या बढी भयो, १६५ मा झारौँ : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीय संसद्‌मा सांसदहरूको संख्या बढी भएको समेत टिप्पणी गरे । समानुपातिक र समावेशीसहित संघीय संसद्‌मा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने उनको भनाइ छ । उपसभापति गुरुङले प्रदेशहरूमा समेत सांसदहरूको संख्या बढी भएको कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गरे ।

"जम्माजम्मी तीन करोड जनसंख्या छ, २७५ प्रतिनिधिसभा छ । निश्चित रूपमा समावेशी र समानुपातिकलाई खारेज गर्नुहुँदैन । तर समावेशी र समानुपातिकलाई राखेरै पनि १६५ मा जान सकिएला नि । संख्या यहाँ पनि घटाउँ । तल प्रदेशमा पनि किन जम्बो चाहियो ? त्यहाँ पनि संख्या घटाउँ । हाम्रो संघीय संरचनामा पुनःसंरचना आवश्यक छ," उनले भने ।

उनले संघीयताको सफल कार्यान्वयन हुन नसक्दा संघ र प्रदेश एउटै बाटोमा हिँडिरहेको टिप्पणी गरे ।

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro