site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायरका निम्ति नेपाली राष्ट्रिय टिमको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । एएफसी एसियन कप छनोट र सिंगापुरसँग हुने मैत्रीपूर्ण खेलको निम्ति नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सघं (एन्फा)ले एएफसी छनोट र सिंगापुरसँग हुने मैत्रीपूर्ण खेलको निम्ति पुरुष राष्ट्रिय टोलीको नाम सार्वजानिक गरेको हो ।

मुख्य प्रशिक्षक म्याट रोसले २३ सदस्य टोली घोषणा गरेका हुन् । नेपालले आगामी मार्च २५ गते एएफसी छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्नेछ भने त्यसअघि मार्च २१ गते सिगांपुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

एन्फाले सार्वजानिक गरेको नामवाली अनुसार गोलकिपरमा किरण चेम्जोङ, दिप कार्की र एन्जल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा अनन्त तामाङ, बिमल पाण्डे, सनिस श्रेष्ठ, रणदिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ रहेका छन् ।

त्यस्तै, रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनिस डांगी, कृतिश रत्न छुँजु र आयुस घलान मिड फिल्डर स्थानमा समावेश भएका छन् । त्यसैगरी फरवार्डमा जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम र रेजिन सुबा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro