site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम, कहिले के ? (पूर्णपाठ)
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियान पनि भएको बताए । 

“यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो,” उनले पार्टीका माग सुनाउँदै भने, “बेरोजगारी र कुशासनविरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो ।”

उनका अनुसार, पार्टीले उठाएका मागका विषयमा चैत २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गरिनेछ । चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ संगठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव संकलन गर्ने कार्यक्रम छ । चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने भुसालले बताए ।

यस्तै, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय भएको छ ।

वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम रहेको भुसालले बताए । 

वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro