site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा सांसदको चेतावनी – ट्रायलमात्रै हो, लुक्ने ठाउँ खोज्नू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले फागुन २५ गते (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको र्‍याली ट्रायलमात्रै भएको बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले सांसदहरूले गरेको पूर्वराजालाई 'भूत' भनेकामा आपत्ति जनाइन् ।

नेकपा (माओवादी केन्द्र) सांसद रणेन्द्र बरालीले 'भूत' भनेपछि उनले जवाफी प्रश्न गरिन्, “लेनिनको भूत हो कि ? माओवादीको भूत हो ?”

उनले अरू जिल्लाबाट पनि मानिस निस्कदाँ 'लुक्ने ठाउँ पनि नहोला' भन्दै चेतावनी दिइन् । “राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावादको नारा उहाँले सुन्नुभएको थिएन होला,” उनले भनिन्, “ यो त मित्र ट्रायलमात्रै हो,” उनले भनिन्, “अरू ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ, त्यो देखेर नआत्तिनुहोला । लुक्ने ठाउँ खोजेर बस्नुहोला ।”

उनले सरकारको नालायकीपनले भिड जन्माएको दाबी गरिन् । “यो नालायक सरकारले जन्माएको भिड हो, बुझिराख्नुस् ,” उनले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro