site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा नेपालको निष्कर्ष : हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने सुस्पष्ट संकेत

काठमाडौं । राप्रपा नेपालले पूर्वराजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेको निष्कर्ष निकालेको छ । सोमबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

बैठकले फागुन २५ गते काठमाडौंमा देखिएको जनप्रदर्शनले चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ । 

सर्वपक्षीय सहमतिका आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै सो पार्टीले  जनचाहना र भावनालाई दमन वा उपेक्षा गर्ने प्रयास गरिए अप्रिय दुर्घटना हुने चेतावनी दिएको छ । 

पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नसमेत अनुरोध गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro