राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख बुझाउन पत्र काटेको थियो ।
महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको पुष्टि गरे । “आज उहाँहरू आएर एक लाख जरिवाना बुझाउनुभयो,” उनले भने ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्