site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित आठ सहर अस्वस्थकर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका नौ सहर सोमबार (फागुन २६) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै नौ सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार, काठमाडौंको शंखपार्क सोमबार बिहान ‘सर्वाधिक’ प्रदूषित बनेको छ । सोमबार मध्याह्न १२ बजे शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा देशका नौ सहर ‘अस्वस्थकर’ छन् । काठमाडौंको रत्नपार्कको एक्यूआई १५९ पुगेको छ । ललितपुरको भैँसेपाटी र खुमलटारको एक्यूआई क्रमश: १६९ र १५५ छ । भक्तपुरको एक्यूआई पनि १६१ छ ।

उपत्यकाबाहिर काभ्रेको धुलिखेलको एक्यूआई १५५, देउखुरी दाङको १५४ र धनगढी कैलालीको १५३ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro