site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु

काठमाडौं । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा दुई हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेसनमा र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)को प्रक्षेपण लश्हमकादे लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो ।

गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको छ । जसमा एक हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ ।

जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो । जसमा ४३३ नागरिकको मृत्यु भएको थियो । संयुक्त राष्ट्र संघले उद्धृत गरेको संकट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमानअनुसार द्वन्द्वले सुडान भित्र र बाहिर दुवै ठाउँमा एक करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro