site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा आँधीमा परी १३ सैनिक घाइते

काठमाडौं । अस्ट्रेलियाली अधिकारीहरूले देशको पूर्वी तटीय क्षेत्रमा आँधी आएको बताएका छन् । अधिकारीहरूले बाढीको पानीमा एकजनाको शव फेला पारेका छन् । प्रतिकूल मौसमबीच गाडीको ठक्करबाट १३ सैनिक घाइते भएका छन् ।

स्थानीय समयानुसार शनिबार साँझ चक्रवात अल्फ्रेड क्वीन्सल्यान्डको राजधानी ब्रिस्बेन पुगेको थियो । अधिकारीहरूले स्थानीय बासिन्दालाई आँधीको खतरा ‘अझै समाप्त नभएको’ भन्दै घरमै बस्न र सतर्क रहन निर्देशन दिएका छन् ।

उक्त क्षेत्रका तीन लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण रुख र बिजुलीको तारमा क्षति पुगेको छ । सडकमा बाढीको पानी जम्मा भएको छ ।

खोजीका क्रममा शुक्रबारदेखि बेपत्ता रहेका ६१ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले शनिबार जनाएको छ ।

उनको कार उत्तरी न्यु् साउथ वेल्सको डोरिगोमा बाढीको पानीमा फसेको थियो । प्रहरीले भनेको छ, “यो शव तिनै बेपत्ता व्यक्तिको हो भन्ने बुझिन्छ ।”

आकस्मिक सेवाका कर्मचारीले एक व्यक्ति कारबाट ओर्लिएर खोलाको किनारस्थित रुखमा चढेको देखेका थिए । तर, उद्धारकर्मी ती व्यक्तिलाई बचाउन पुग्दा पानीको बहावले उनलाई बगाइसकेको बताए ।

संघीय रक्षामन्त्री म्याट म्याट केओगका अनुसार, शनिबार लिस्मोरमा भएको एक दुर्घटनामा १३ सैनिक घाइते भएका छन् । यो सैनिक सवारीसाधन दुर्घटना ब्रिस्बेनबाट २०० किलोमिटर दक्षिणमा भएको हो । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro