site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डलाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । फाइनलमा न्युजिल्यान्डविरुद्ध चार विकेटको जित निकाल्दै भारतले आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको छ ।  

आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 

भारतको जितमा जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । उनले ३ बलमा सात चौका र तीन छक्का प्रहार गरे । श्रेयस ऐयरले ४ रन जोडे । केएल राहुलले ३४, सुभमन गिलले ३१, अक्षर पटेलले २९ र हार्दिक पान्ड्याले १८ रन थपे ।

न्युजिल्यान्डका माइकल ब्रासवेल र मिचेल स्यान्टनरले समान दुई विकेट लिए । रचिन रविन्द्र र काइल जामिसनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५१ रनको योगफल खडा गरेको थियो ।

न्युजिल्यान्ड डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए । उनले १०१ बलमा तीन चौका प्रहार गरे । माइकल ब्रासवेलले ४० बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए । ओपनर रचिन्द्र रविन्द्रले २९ बलमा चार चौका र एक छक्कासहित ३७ रन थपे । 

ग्लेन फिलिप्सले ३४, विल योङले १५ र टम लाथमले १४ रन जोडे । 

भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले समान दुई विकेट लिए । मोहमद सामी र रविन्द्र जाडेजाको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । यता, न्युजिल्यान्डले भने अन्तिम–४ मा दक्षिण अफ्रिकाको चुनौती ५० रनको जित निकाल्दै पन्छाएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro