site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजाका समर्थक सडकमा उत्रँदा सवारी आवतजावत प्रभावित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (फागुन २५) काठमाडौं फर्कंदा सडकमा सवारी जाम भएको छ । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राजवादीको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको हो ।

उनका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ । राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सञ्जय राउतले बताए ।

“पूर्वराजा सवारी हुने रुटमा सवारी आवतजावत हुने अवस्था छैन । भाडावाला र अन्य सवारी बन्द गराइएको छ,” उनले बाह्रखरीसित भने, “सर्वसाधारणहरू हिँडेरै गन्तव्यतिर गइरहेका छन् ।”

ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ पनि गरिरहेको उनले बताए ।

पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबाहिर पुगेका थिए । पूर्वराजा शाह अपराह्न करिब ४ बजे काठमाडौं आइपुगेका हुन् ।

पूर्वराजालाई समर्थकले विमानस्थलबाट र्‍यालीसहित निर्मलनिवाससम्म पुर्‍याउँदै छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro