site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिनको प्रतिबद्धता आए गृहमन्त्रीलाई सदनमा बोल्न दिन्छौँ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सुचारु हुने बताएका छन् । 

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानुनमन्त्री वा सरकारका तर्फबाट कोही पनि मन्त्रीले छानबिन समिति गठन गर्ने प्रतिबद्धता मात्र जनाए सदन सुचारु हुने उनले बताए । प्रतिपक्षी लचक भएर छानबिन समिति गठनको प्रतिबद्धता मात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उनले बताए । 

Argakhachi Cement Island Ad

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको, तर गृहमार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे । 

सदन चलेपछि गृहमन्त्रीले आफ्ना कुरा सदनमा नै राख्न पाउने पाण्डेले बताए । संसद्‍मा जेठ १३ गतेदेखि उठाएका मागका विषयमा प्रतिपक्षी दलको अडान कायमै रहेको उनको भनाइ छ ।हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्