site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन्दर यातायातको विद्युतीय बसमा आगलागी, के हो घटना ?

काठमाडौं । सुन्दर यातायातको विद्युतीय बसमा बुधबार राति चार्जमा राखेका बेला आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले धुम्बाराहीस्थित सुन्दर चार्जिङ स्टेसनमा मर्मतका लागि ल्याइएको गाडीमा धुवाँ देखिएको र आगो समेत लागेको बताएको हो ।

प्र–३–०१–००५ ख ९६३९ नम्बरको बिजुली बसमा राति ११ बजेर २१ मिनेटमा घटना भएको हो । आगलागीपछि दुई दमकलसहित प्रहरी वृत महाराजगञ्जको टोलीले १२ बजेर १५ मिनेटमा पूर्ण नियन्त्रणमा लिएको जनाएको छ ।

गाडीमा आंशिक क्षति भएको र प्राविधिक टोलीले जाँच गरेको प्रहरीले जनाएको छ ।

सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले घटना सामान्य भएको र गाडीमा थोरै क्षति भएको बताएका छन् । “हामीले बिमा दाबी पनि नगर्ने भएका छौँ, सामान्य क्षति भएको छ, ठूलो घटना हैन,” थापाले भने ।

उनले गाडीको मुख्य ब्याट्री नभएर स्टार्ट गर्न, बत्ती बाल्न जस्ता कामका लागि प्रयोग हुने लिड–एसिड ब्याट्रीमा क्षति भएका छन् ।

“लिड–एसिड ब्याट्रीमा आगोभन्दा नि धुवाँ देखिएको हो । मुख्य ब्याट्री २७५ किलोवाटआवरको छ त्यो ब्याट्रीमा आगो लागे सामान्य हुँदैन,” उनले भने ।

उनले गाडीको आगो निभाउन दमकल नभएर धाराकै पानी प्रयोग गरिएको र भित्र पानी हाल्न सिसा फुटाइएको बताएका छन् । गाडीमा कुनै ठूलो क्षति नभएको र सुन्दर यातायातका सबै गाडी सुरक्षित रहेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro