site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा उक्लियो एट्लेटिको मड्रिड

काठमाडौं । हुलियन आल्भारेजको निर्णायक गोलप्रेरित एट्लेटिको मड्रिड एथ्लेटिक बिल्वाओविरुद्ध १–० को जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन आल्भारेजको एक मात्र गोल पर्याप्त बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६औँ मिनेटमा आल्भारेजले गोल गरेपछि एट्लेटिकोले महत्त्वपूर्ण तीन अंक निश्चित गरेको हो ।

ला लिगामा एट्लेटिकोको यो १६औँ जित हो । जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले २६ खेलबाट ५६ अंक जोडेको छ । त्यो दोस्रो स्थानको बार्सिलोनाको भन्दा दुई अंक धेरै हो । एट्लेटिकोभन्दा एक खेल कम खेलेको बार्सिलोनाको खातामा ५४ अंक छ । २६ खेलबाट ४८ अंकको बिल्वाओ चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro