site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेटिससँग हार्दा तेस्रो स्थानमा झर्‍यो रियाल मड्रिड

काठमाडौं । रियाल बेटिसविरुद्ध अग्रताका बाबजुद २–१ ले पराजित भएपछि स्पेनिस ला लिगामा रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ ।

शनिबार राति बेटिसको मैदानमा घरेलु टिमलाई जित दिलाउन जोनी कार्डोसो र इस्कोले गोल गरे । रियालका ब्राहिम डियाजले गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको १०औँ मिनेटमा डियाजको गोलमा रियाल मड्रिडले अग्रता बनाएको थियो । ३४औँ मिनेटमा कार्डोसोले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए । ५४औँ मिनेटमा इस्कोले पेनाल्टीमार्फत गोल गर्दै बेटिसलाई २–१ को अग्रता दिलाए ।

रियालका एन्टोनियो रुडिगरले जेसस रोड्रिगेजमाथि फाउल गरेपछि बेटिसले पेनाल्टीको अवसर पाएको थियो, जसमा रियालकै पूर्वखेलाडी समेत रहेका इस्कोले कुनै गल्ती गरेनन् । इस्कोले रियाल मड्रिडमा नौ वर्ष बिताएका थिए । 

जितसँगै २६ खेलबाट ३८ अंक जोडेको बेटिस तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ५४ अंकको रियाल तेस्रो स्थानमा छ । जारी सिजनमा रियालको यो चौथो हार हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro