
काठमाडौं । अमेरिकी राष्ट्रपतिसँगको नोकझोँकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई ह्वाइटहाउसबाट निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार दुई राष्ट्रपतिबीच चर्को बहस भएको थियो ।
सीएनएनले प्रकाशित गरेको समाचारअनुसार अमेरिकी र युक्रेनी अधिकारीहरु रहेको अफिसबाट निस्किएर युक्रेनी प्रतिनिधि अर्को कोठामा गएका थिए ।
अमेरिकी टोली भने त्यही वार्ता स्थलमै बसेको थियो ।
ट्रम्पले आफ्ना उपराष्ट्रपतिलगायतसँग कुरा गरेका थिए । त्यस क्रममा ट्रम्पले जेलेन्स्की वार्ताको अवस्थामा नरहेको बताएका थिए । त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्ने समय भएको सन्देश पठाएका थिए ।
वार्तापछि फेरि दुवैले संयुक्त पत्रकार सम्मेलनको तयारी भए पनि हुन नसकेको बताइएको छ । जेलेन्स्कीले युक्रेनले पूर्ण सुरक्षा नपाएसम्म रुससँगको शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने अडान राखेका थिए ।