site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको तेल किन्ने देशलाई आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्ने कुनै पनि व्यक्ति वा देशविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने धम्की दिएका छन् । 

यो चेतावनी ट्रम्पले आणविक कार्यक्रम सम्बन्धी इरानसँग चलिरहेको वार्ता स्थगित भएपछि बिहीबार दिएका हुन् । यो हप्ताको अन्त्यमा इरान र अमेरिकाबीच हुने भनिएका परमाणु वार्ता लजिस्टिक र प्राविधिक कारण स्थगित भएको एबीसी न्युजले बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“इरानको तेल वा पेट्रोलेलियम पदार्थ सबै खरिद् अहिले नै रोकिनुपर्छ,” राष्ट्रपति ट्रम्पले भनेका छन्, “इरानबाट यी उत्पादनहरू खरिद गर्ने जुनै पनि देश वा व्यक्तिले अमेरिकासँग कुनै पनि व्यापार गर्न सक्दैन ।”

ट्रम्पले इरानको तेल आयात गर्ने देशहरूमा व्यापारको प्रतिबन्ध लगाउने धम्की दिए पनि त्यसबारे स्पष्ट जानकारी दिएका छैनन् । तर, उनको यो भनाइले इरानको तेलको प्रमुख ग्राहक चीन भएकाले चीनसँग थप तनाव बढाउने जोखिम बढाएको समाचारमा उल्लेख छ । 

आयात करका कारण अमेरिका र चीनको व्यापारिक सम्बन्ध यसअघि नै तनावपूर्ण छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनले ट्यांकर ट्रयाकिङ डाटाको आधारमा गत अक्टोबरमा प्रकाशित एक प्रतिवेदनमा सन् २०२३ मा इरानको कच्चा तेल निर्यातको ९० प्रतिशत हिस्स चीनले खरिद गरेको निष्कर्ष निकालेको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्