खेल

काठमाडौं । फेनेरबाचेका मुख्य प्रशिक्षक जोजे माउरिन्होलाई टर्किस फुटबल संघले कारबाही गरेको छ ।
बिहीबार टर्किस फुटबल संघले मुख्य प्रशिक्षक माउरिन्होलाई चार खेलका लागि निलम्बन र ४४ हजार डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
टर्किस फुटबल संघले माउरिन्होले टर्किस रेफ्रीविरुद्ध आपत्तिजनक र अपमानजनक अभिव्यक्ति दिएका कारण जरिवाना तिराएको जनाएको छ ।
टिएफएफले माउरिनेको अभिव्यक्तिले खेलको नैतिक आचरण उल्लंघन गरेको, हिसांलाई प्रोत्साहन गरेको र दर्शकलाई उक्साएको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १४:३८
प्रतिक्रिया दिनुहोस्