site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीडीओलाई प्रश्न– सिन्धुपाल्चोकमा भूकम्पले क्षति पुर्‍यायो ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण नआएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा संयन्त्रबाट बुझ्ने काम भइरहेको तर क्षतिको जानकारी नआएको बताए । “अहिलेसम्म हामीलाई क्षतिको विवरण आएको छैन,” प्रजिअ थापाले बाह्रखरीसँग भने ।

स्रोतका अनुसार जिल्ला कारागार सिन्धुपाल्चोकबाट हामफालेर भाग्ने क्रममा एक कैदी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । 

“भूकम्पको मौका पारेर हामफालेर भाग्न खोज्नेक्रममा एकजना कैदी घाइते भएका छन्,” स्रोतले बाह्रखरीसँग भन्यो, “उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।” 
 
आज राति २ : ५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro