site stats
बाह्रखरी :: Baahrakhari
देश
पीजीका आवासीय चिकित्सकलाई आयोगले तोकेको निर्वाह भत्ता दिन केयूको निर्देशन 

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले आफ्नो मातहतका मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । केयूले स्नातकोत्तर (पीजी) तह अध्ययनरत आवासीय चिकित्सकलाई आयोगले तोकेको निर्वाह भत्ता दिन कलेजहरूलाई निर्देशन दिएको हो ।

यस सम्बन्धमा केयूले बिहीबार १० वटा मेडिकल तथा डेन्टल कलेजलाई निर्देशनसहितको पत्राचार गरेको छ । "स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह आठौँ तहको निर्वाह भत्ता उपलब्ध गराउन निर्देशानुसार अनुरोध छ," पत्रमा भनिएको छ ।

Argakhachi Cement Island Ad

आयोगको ०८१ माघ २५ गतेको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत पीजीका आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह सरह (मासिक ४८ हजार ७३७ रुपैयाँ) निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

ku-1740658005.jpg

 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्