site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी च्याम्पियन्स ट्रफी : साविक विजेता पाकिस्तान जितविहीन

काठमाडौं । साविक विजेता समेत रहेको घरेलु टिम पाकिस्तान जितविहीन बन्दै आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ ।

पाकिस्तानले तालिकाअनुसार बिहीबार बंगलादेशविरुद्ध खेल्ने तय थियो । तर, वर्षाका कारण खेल टस समेत नभई रद्द भएसँगै घरेलु टिम जितविहीन बनेको हो ।

समूह ‘ए’ को पुछारमा सीमित बनेको पाकिस्तानले तीन खेल खेल्दा दुई हारसहित एक अंक मात्र जोड्न सक्यो । पाकिस्तान प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले र दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानसँगै बंगलादेश पनि समूह चरणबाटै बाहिरिएको छ । बंगलादेश समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो समूहबाट भारत र न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा तय गरेका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro