site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को रिक्त अध्यक्ष पदमा चार जनाले निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । रिक्त रहेको दुई पद अध्यक्ष र उपाध्यक्ष चयनका लागि कात्तिक ८ गते निर्वाचन हुँदैछ । 
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि एन्फाको अध्यक्ष पदका लागि नयाँ निर्वाचन हुन लागेको हो । फिफाको ’इथिक्स कमिटी’ले भ्रष्टाचार अभियोगमा गतवर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबै गतिविधिबाट १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिवाना तोकेपछि अहिले एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा चलिरहेको छ । एन्फाको नयाँ नेतृत्वको लागि निर्वाचन आउन दुई महिना समय बाँकी रहेपनि दावेदारहरु भने तयारीमा जुटिसकेका छन् ।
अध्यक्ष पदका लागि अहिलेसम्म चार जनाले उमेदबारी दिने तयारी गरेका छन् । विधानअनुसार एन्फाको प्रत्येक कार्यकाल चार वर्ष हुन्छ । अध्यक्ष पदका लागि अहिलेसम्म एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पा, मनाङ मस्र्याङदी क्लबका संस्थापक एवं पूर्व अध्यक्ष टासी घले र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले तयारी गरेका छन् ।
एन्फामा अहिले पनि संस्थापन र असन्तुष्ट गरी दुई गुट कायमै छन् ।
ती दुई गुटको नेतृत्व कार्यबाहक अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष शेर्पाले गरेका छन् । एन्फा अध्यक्षका लागि हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका कर्माछिरिङ शेर्पाले अध्यक्षमा उमेदवारी दिने आफ्नो तयारी भएको बताए ।
“एन्फामा मेरो सधैं उमेदवारी कायमै रहन्छ । त्यसैले पनि बाहिर केही नबताएको हुँ,” शेर्पाले बाह्रखरीसँग भने,“एन्फामा लामो समयपछि प्रजातान्त्रिक अभ्यासद्धारा निर्वाचन हुँदैछ । त्यसैले मेरो पनि उमेदवारी रहन्छ ।”
शेर्पा एन्फामा पारदर्शी, विधानत चल्नुपर्ने र भ्रष्टाचार अन्त्य हुनुपर्ने भन्दै आन्दोलनमा लागेका पदाधिकारी समेत हुन् । त्यसैले शेर्पालाई एन्फामा रहेका असन्तुष्ट पक्षको साथ रहनेछ । शेर्पाले पनि आफ्नो एजेन्डा बलियो भएकोले एन्फा अध्यक्ष उमेदवारमध्ये आफु बलियो रहेको तर्क गर्छन् । शेर्पाकै अनुसार उनलाई आउने निर्वाचनमा दुई दर्जन बढी जिल्लाको साथ रहन्छ ।
“दुई वर्षदेखि निरन्तर नेपाली फुटबललाई भ्रष्टाचार मुक्त बनाउन लागिरहेको छु,” उनले भने,“त्यसैले आफ्ना एजेन्डालाई स्थापित गर्नका लागि पनि चुनाव लड्नु जरुरी छ,” शेर्पाले थपे,“अहिलेको अवस्थामा नेपाली फुटबललाई उकास्न मेरो दावेदारी महत्वपूर्ण छ र मलाई साथ दिने साथीहरु अहिले धेरै छन् ।”
अर्का प्रत्यासी तथा वर्तमान कार्यबाहक अध्यक्ष श्रेष्ठलाई संस्थापन पक्षको साथ रहनेछ । एन्फाको नयाँ निर्वाचनका लागि शेर्पा र श्रेष्ठबीच नै बढी प्रतिष्पर्धा हुन सक्ने जानकारहरु बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै श्रेष्ठले चुनावका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।
“मेरो उमेदवारी लगभग पक्का जस्तै छ,” उनले भने,“तर आउने निर्वाचनबारे म साथीहरुसँग अझै छलफल गरिरहेको छु । त्यही छलफलको आधारमा मेरो उमेदवारी तय हुनेछ ।”
श्रेष्ठले आफुलाई सबैको साथ रहेकोले आउने निर्वाचनको लागि उमेदवार पक्का भएको बताए ।
एन्फाको नयाँ अध्यक्ष पदका लागि अहिलेसम्म उम्मेदवार घोषणा गर्नेमा मनाङ मस्र्याङदी क्लवका संस्थापक एवम् पूर्व अध्यक्ष टासी घले हुन् । घलेले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अध्यक्षको दावेदार भएको बताएका थिए । “एन्फा अब एक ढिक्का भएर अघि बढ्न खोज्दैछ,” उनले भने,“एन्फामा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । मैले अबको निर्वाचनमा अध्यक्षमा उम्मेरदवार दिने निर्णय गरेको छु । मलाई क्लबले प्रत्यासी बनाउने निर्णय पनि गरेको छ ।”
घलेले एन्फामा रहेको विधानमा उमेदवार दिन ५ प्रस्तावक र ५ समर्थक आवश्यक हुने भएकोले आफू जस्तालाई उमेदवारी दिन कठिन हुन सक्ने बताए । “एन्फा पुरानै तरिकाबाट चलिरहेको छ । हामीकहाँ प्रधानमन्त्रीको निर्वाचन गर्न एक प्रस्तावक, एक समर्थक भए पुग्छ । तर एन्फामा ५÷५ जना चाहिन्छ । यो बाटो छेक्ने प्राबधान मात्र हो ।”
त्यसैगरी एन्फा अध्यक्ष पदका लागि पहिलोपटक विभागीय क्षेत्रबाट दाबेदार देखिने भएको छ । एन्फा नेतृत्वका लागि नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको उमेदवार पर्ने सम्भावना छ ।  शर्माले अहिलेसम्म औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । तर, बाह्रखरीसँग कुरा गर्दै शर्माले निर्वाचनको लागि तयारी गरिरहेको जानकारी दिए ।
“म एन्फा अध्यक्ष पदका लागि उठ्ने तयारी गरेको छु,”उनले भने,“त्यसका  लागि तयारी पनि गरिरहेको छु ।”
शर्माले उमेदवारी दिएर निर्वाचित भए एन्फा नेतृत्वमा आउने पहिलो विभागीय पदाधिकारी हुनेछन् । यसअघिको एन्फाको अभ्यासमा विभागीय टोलीबाट कसैले पनि चुनावमा भाग लिएको छैन । तर, विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल प्रहरी फुटबलमा ए डिभिजन क्लबका रुपमा छन्  ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro