काठमाडौं । चलचित्र ‘कुस्ती’को छायांकान सुरू भएको छ । मंगलबार साँझ काठमाडौं मातातीर्थमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकान सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए ।
सहरको कथा भएकाले काठमाडौं आसपासमा चलचित्रको छायांकान गर्ने उनले बताए । सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा यो चलचित्रको मुख्य कथानक हो ।
कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको चलचित्र अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय रहेनछ ।