site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कोशेढुंगा’को शुभमुहूर्त, आजैबाट छायांकन सुरु 

काठमाडौं । सरोज पौडेलले निर्देशन गर्ने चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले यो चलचित्रलाई निर्देशन गर्नेछन् । 

च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको छ । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सुटिङका लागि स्याङ्जा जानेछ ।

महिलाप्रधान चलचित्र ‘कोशेढुंगा’को मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । सुरक्षासँगै आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो । ‘कोशेढुंगा’ २०८२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्