खेल

भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रंगशालामा आज अपराह्न हुँदै छ ।
प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपीएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको हो ।
यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बंगलादेशका १० टिमको सहभागिता छ । रासस
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ ०८:४९
प्रतिक्रिया दिनुहोस्