site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीभीआईपीका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरूसहित)

काठमाडौं । महाशिवरात्रिमा भीभीआईपीकाे सवारीका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको छ । सवारी डाइभर्सन गर्दा सवारी आवागमन अस्तव्यस्त बनेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल दिउँसो साढे चार बजे दर्शनका निम्ति पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राष्ट्रपतिको सवारीका क्रममा सवारी डाइभर्सन गरेको हाे । 
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयकुमार राउतले पूर्वजानकारी अनुसार नै आवश्यकताका आधारमा सवारी डाइभर्सन गरिएको बताए । उनका अनुसार चाबहिलबाट बसपार्कतर्फ सवारी डाइभर्सन गरिएको छ । गौशाला चोकमा अत्यधिक भिडभाड भएको छ ।
 
चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीहरूले वैकल्पिक सडकबाट आवागमन गरिदिन ट्राफिकले अनुरोध गरेको छ । 

गौशलातर्फ चाबहिलतर्फ जाने सडक एकतर्फी मात्रै खुलाइएको छ । पशुपतिनाथमा भक्तजनहरू अत्यधिक चाप हुँदा सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

traffc-(2)-1740567204.jpg
 

 

traffc-(10)-1740567206.jpg

traffc-(1)-1740567207.jpg

traffc-(8)-1740567206.jpg

traffc-(9)-1740567206.jpg

traffc-(4)-1740567205.jpg

traffc-(7)-1740567205.jpg

traffc-(3)-1740567204.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro