site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान हटाए प्रतिरोध गर्ने माओवादी सांसदको चेतावनी  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद मोदीले प्राधिकरणलाई नाफामा लैजाने घिसिङलाई हटाउन खोजेको बताए ।

“जसले नेपाल विद्युत् प्राधिकरण घाटामा थियो, आज नाफामा लग्दै छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका कारणले लोडसेडिङ मुक्त भएको छ । तर, आज सरकार स्पष्टकीरण सोधेर बर्खास्तको तयारी गरिरहेको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

सांसद मोदीले घिसिङले जनताको पक्षमा काम गरिरहेको भन्दै हटाए पार्टीले नै प्रतिरोध गर्ने बताए । 

“जसले राम्रो काम गरिराखेको छ । जनताको पक्षमा काम गरिरहेको छ । सरकारले राम्रो काम त गर्न सकेन, राम्रो काम गर्नेलाई पनि हटाइरहेको छ । त्यस्तो हो भने प्रमुख प्रतिपक्ष दलले त्यसको प्रतिरोध गर्छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro