site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सेन्सरबाट पास भयो ‘लाज शरणम्’, फागुन १४ मा प्रदर्शनको बाटो खुल्यो 

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट पास भएको छ । आज सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको छ । 

उच्च अदालत पाटनको आदेशसँगै चलचित्र ‘लाज शरणम्’ प्रदर्शन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । सेन्सर बोर्डले सेन्सर पास गरेसँगै अब यो चलचित्र पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आउनेछ । 

सिताराम कट्टेल ‘धुर्मुस मुख्य भूमिकामा रहेको चलचित्रमा उनको ‘गेटअप’ मिलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । 

Dabur Nepal
NIC Asia

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको तर्फबाट उनको अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो । 

केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्नसक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेश जारी गरेको थियो । 

‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न/नगराउन अदालतले अन्तरिम आदेश दिएको थियो । 

‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज डेट लिएको छ । बुधबार ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । तर, अदालतको आदेशसँगै रोकिएको थियो । 

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । 

‘सक्किगोनि’ टिमले बनाएको यस चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro