site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ वर्षअघि ट्याक्सी चालकको त्यो हत्या..., अभियुक्त मलेसिया पाँच वर्ष बसेर फर्केका थिए 

काठमाडौं । काभ्रे दोबारटारका मेघबहादुर तामाङ ट्याक्सी चालक थिए । त्यो बेला आजभोलिको जस्तो ट्याक्सी चालकलाई राइड सेयररिङले सजिलो बनाएको थिएन ।  ट्याक्सी चलाएर परिवारको गुजारा गर्दै आएका मेघबहादुरलाई प्यासेन्जर (यात्रु) खोज्न रातभर मानिसको चहलपहल हुने ठाउँतिर बसेर कुर्नु पर्थ्यो ।

१५ वर्ष अघि २०६६ मंसिर२६ गतेको राति यात्रु भेटिएलान् भन्ने आशामा उनी अनिँदो रहेर ठमेल चोकमा यात्रु कुरिरहेका थिए । 

समय त्यस्तै राति साढे १२ बजेको हुँदो हो । रात्रिकालीन मनोरञ्जन बार र क्लबहरुमा रमाएका युवायुवती घर फर्किने तयारीमा सडकमा निस्किदै थिए । मेघबहादुर बा१ज ९१४ नम्बरको ट्याक्सीमा थिए । मदिराले लठ्ठिएका चार युवा मेघबहादुरको ट्याक्सी नजिन पुगे । 

मेघबहादुर ट्याक्सी खोज्ने यात्रु आए भनेर मख्ख थिए । ती युवाहरुले मेघबहादुरलाई सोधे, ‘‘दाइ हामीलाई नरेफाँट पुर्‍याइदिनु हुन्छ ?’’

काम नै यात्रुलाई उनीहरुले भनेअनुसार छोड्ने र त्यो बापतको रकम लिने मेघबहादुरले नाइ भन्ने कुरा थिएन । 

मदिराले लट्ठिएका युवा भए पनि मेघबहादुरले उनीहरुलाई आफ्नो ट्याक्सीमा चढाएर हालको भक्तपुर ठिमी नगरपालिका–१६ नरेफाँट छोड्न हिँडे ।

मेघबहादुरका लागि यस्तो काम नयाँ र नौलो पनि थिएन । ठमेलबाट मदिरा सेवन गरेका कयौँ युवाहरुको समूहलाई मेघबहादुरले मध्यरात नै उनीहरुले भनेअनुसारकै ठाउँमा छाडेर आउने गर्थे । त्यो बापतको आफ्नो भाडा लिन्थे ।
तर, ठमेलबाट नरेफाँट पुर्‍याउन चारजनालाई बोकेर सकुसल हिंडेका मेघबहादुर नरेफाँटबाट भने कहिल्यै नफर्किनेगरी अस्ताए । उनी नरेफाँटमा आफ्नै ट्याक्सीभित्र मृत फेला परे । 

ट्याक्सी बेवारिसे देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले हेर्दा उनी ट्याक्सीभित्रै मृत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सुरुमा कालगतिका कारण मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्टले भने शंकास्पद देखायो । 

पोस्टमार्टम रिपोर्टपछि अनुसन्धान थालेको प्रहरीले मेघबहादुरको हत्या भएको निष्कर्ष निकाल्यो । प्रहरीको अनुसन्धानका क्रममा मेघबहादुरको हत्यामा ठमेलबाट नरेफाँट ट्याक्सी लिएर हिँडेका उनीहरु चारजनाकै संलग्नता देखायो । 

प्रहरीको अनुसन्धानका क्रममा ट्याक्सी चढेकामध्ये पछाडिको सिटमा बसेका तीनजनाले चालक मेघबहादुरको घाटीमा गलबन्दीले पासो लगाएर हत्या गरेको खुल्यो ।

हत्यालगत्तै उनीहरुले मेघबहादुरका साथमा रहेको रकम र मोबाइलसमेत लुटेका थिए ।  घटनालगत्तै आरोपीहरुमध्ये दुईजना श्याम लामा र विनोद लामा पक्राउ परे ।  उनीहरु दुवैजना त्यही बेलादेखि पुर्पक्षका लागि थुनामा थिए । 

जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते मेघबहादुरको हत्याका अभियुक्तबारे फैसला गर्दै जनही २० वर्ष कैद सजाय हुने फैसला गर्‍यो । अभियुक्तमध्ये दुईजना भने फरार थिए । त्यसमध्ये एक जनालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १५ वर्षपछि बिहीबार राति पक्राउ गर्न सफल भएको छ ।

हत्यालगत्तै गएका थिए भागेर मलेसिया

बिहीबार कार्यालयको टोलीले मेघबहादुरको हत्याका अभियुक्त वीरमान सिंह भनिने भूलन तामाङलाई पक्राउ गरेको हो ।  काभ्रे महाभारत गाउँपालिका–३ का तामाङलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङलाई जिल्ला अदालत भक्तपुर पठाउने तयारी भएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए । उनी प्रहरीको निरन्तरको प्रयासपछि पक्राउ परेका हुन् ।

कार्यालयका एसपी काजीकुमार आचार्यले हत्यालगत्तै पक्राउ परेका तामाङ पाँचवर्ष मलेसिया भागेर बसेको खुलेको छ ।  मलेसियाबाट नेपाल फर्किए पछि भने उनीहरु विभिन्न ठाउँमा लुकिछिपि बस्दै आएको थिए । बिहीबार भने प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ ।

मेघबहादुरको हत्यामा संलग्न एक जनाको समेत खोजी तीव्र पारिएको कार्यालयका एसपी आचार्यले बताए ।  पक्राउ परेका तामाङले मदिरा सेवनका कारण मेघबहादुरको हत्या गर्न पुगेको बताएका छन् । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro