site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दश मिनेट ‘काटेर’ अन्ततः प्रदर्शनमा आयो ‘ताण्डवम्’

काठमाडौं । हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको सिनेमा ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ । 

निर्माण टिमले व्यापक काँटछाँट गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएपछि अन्ततः ‘ताण्डवम्’ प्रदर्शनमा आएको हो ।  

यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकलाई लिएर जानु पर्नेछ । 

निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताएका छन् । 

पहिलोपटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।

सिनेमामा जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro