site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओडिसा सरकारले नेपाली छात्राको मृत्युबारे अनुसन्धान गर्न गठन गर्‍यो उच्चस्तरीय समिति

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।

गत आइतबार (फेव्रुअरी १६)मा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

सोही घटनाका सम्बन्धमा अनुसन्धान गर्न ओडिसा राज्य सरकारले समिति गठन गरेको हो ।

“सरकारले गठन गरेको उच्चस्तरीय तथ्य खोजी समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ,” ओडिसा राज्य सरकारले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केआईआईटी विश्वविद्यालयसँग सम्बन्धित हालैको दुर्भाग्यपूर्ण घटनालाई ध्यानमा राखिएको र तुरुन्तै सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

“निजी व्यक्तिहरूद्वारा विद्यार्थीहरूविरुद्ध बल प्रयोग लगायतका दुर्व्यवहारका घटनाहरूको अनुसन्धान भइरहेको छ र जिम्मेवारहरूलाई कानुनअनुसार जवाफदेही बनाइनेछ,” विज्ञप्तिमा भनिएको छ ।

ओडिसा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहको विज्ञप्तिमा जनाइएको छ । ओडिसा सरकारले छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न सबै आवश्यक कदम चाल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केआईआईटीको गर्ल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए । त्यसपछि विश्वविद्यालयको रजिस्टारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो र उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro