site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कीर्गिस्तानविरुद्ध पहिलो हाफमा नेपालको अग्रता

काठमाडौं । घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालकी विमला चौधरीले गोल गरेकी हुन् । विमलाले १०औँ मिनेटमा हेडर गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रतामा राखेकी थिइन् । राइट साइडबाट सविता रानामगरले निकालेको क्रसमा बक्सभित्र अनमार्क रहेकी विमलाले सहजै हेडर गोल गरिन् ।

Dabur Nepal
NIC Asia

पहिलो हाफको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन अवसरको सदुपयोग गर्न सकेन ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro