खेल
![भायानेट महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक](https://12khari.top/uploads/posts/Thumbnail-1739444543.jpg)
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक बनेको छ ।
दशरथ रंगशालामा फागुन ५ देखि १४ गतेसम्म महिला फुटबल च्याम्पियनसिप आयोजना हुँदै छ ।
भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिकबीच यस विषयमा मंगलबार सम्झौता भएको हो ।
फुटबल मैदानमा समेत कनेक्टिभिटी पुर्याउँदै नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको भायानेटले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्दै छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्