site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्छ : डा‍. शशांक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मान्छेमा मनैदेखिको लगाव आवश्यक हुने बताएका छन् । 

कागेश्वरी मनोहरा–८ का उत्तम पुडासैनी नेतृत्वमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा पूर्वमहामन्त्री कोइरालाले त्यस्तो प्रशंसनीय काम सबैबाट हुन नसक्ने बताए ।
 
“यस्ता सामाजिक काम गर्न मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने हुन्छ,” डा. शशांकले भने, “कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेर संस्थाले सरकारको दायित्व निर्वाह गरेको छ ।”  

डा. शशांकले संस्थालाई व्यवस्थित बनाउँदै अझ धेरै आकर्षण बढाउन सुझाव दिएका थिए । आर्थिक रूपमा बलियो हुन जग्गाको उपयोग गर्दै थप आकर्षक बनाउन, प्रवेश शुल्कको व्यवस्था गर्न र सदस्यता वितरणमार्फतको शुल्कबाट थप मजबुत हुन सुझाव दिएका थिए । 

राष्ट्रिय जनावरको संरक्षणजस्तो पवित्र कामलाई दीर्घकालीन र व्यवस्थित गर्न आफूबाट हुने सबैखाले सहयोगका लागि तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा पूर्वमन्त्री दीपक गिरीले राष्ट्रिय जनावरको संरक्षणजस्तो प्रशंसनीय कार्य गरेको भन्दै संस्थालाई सबैबाट सहयोग हुने बताए । उनले पशुपति क्षेत्र विकास कोषलाई यसको स्वामित्व लिनका लागि आफूले आग्रह गर्ने बताए ।  

कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्कीले राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको भन्दै यो कामको स्वमित्व केन्द्र सरकारले लिनुपर्ने बताए । उनले केन्द्र सरकारले नसक्ने हो भने सर्तसहित स्थानीय सरकारलाई जिम्मा दिन पनि आग्रह गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले मानवले पूरा गर्नुपर्ने जिम्मेवारीका लागि उत्तम पुडासैनीलाई धन्यवाद दिँदै सक्दो सहयोगको आश्वासन दिइन् ।  

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, वागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारी सहभागी थिए ।
 
त्यसक्रममा पूर्वमहामन्त्री शशांकले परिसरभित्रै बीपी वृक्ष नाम दिइएको रुद्राक्षको विरुवा रोपेका थिए । २७१ गाई उद्धार गरी संरक्षण गरिएको केन्द्रका गाईलाई कोइरालाले ५० हजारबराबरको पिठो हस्तान्तरण गर्दै गाइलाई पिठो खुवाएका थिए ।

एकसय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा हाल २७१ गाई तथा बाछा रहेको सञ्चालक पुडासैनीले जानकारी दिए । विगत सात वर्षदेखि बेवारिसे गाई उद्धार गरी संरक्षण दिँदै आएका पुडासैनीले बेवारिसे गाई देखेमा तत्काल खबर गर्न र उनीहरूको ज्यान बचाउने पवित्र काममा सहयोग गर्न आग्रह गरेका छन् ।

shashankas-1739436466.pngshashankas-1739436466.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro