site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शंखरापुर बस दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बुधबार अपराह्न भएको बस दुर्घटनाका घाइते ४३ जनामध्ये २७ जना उपचारपछि आज घर फर्किएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार, नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो ।

Dabur Nepal
NIC Asia

सडकबाट २० फिट तल खसेर भएको दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो । उनीहरू तीनैजना विद्यार्थी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र सुशांकको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेन्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराले जानकारी दिए । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनको भनाइ छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro