site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकुना हात्तीको ‘हत्या’मा पशुअधिकारकर्मीको विरोध
Tiktok banner adTiktok banner ad

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीले विरोध जनाएका छन् । 

बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्न समेत माग गरेका छन् ।

सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरूको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममतापूर्वक हत्या गरेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताइन् । 

उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro