site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याग्नस फर्माको औषधि बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले म्याग्नस फर्मा बाराद्वारा उत्पादित एक औषधि बिक्रीमा रोक लगाएको छ । ‘इन्क्रेट –एम १०००’ नामक औषधिको  ब्याच नम्बर केएम२३००१ बिक्रीमा रोक लगाएको हो । 

लिनाग्लिप्टिन र मिट्फर्मिन मिश्रित ट्याब्लेट मधुमेहका बिरामीले प्रयोग गर्ने औषधि हो । उक्त ब्याचको औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ । 

विभागले न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याई सोको विवरण बुझाउन उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । 

सो बनावटको तथा खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro