कला
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, कोसी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो ।
एसोसियसनलाई नेपालबाट आयोजनामा नेपालबाट चलचित्र निर्देशक समाजले सहकार्य गर्नेछ ।
आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासंघ, कोसी प्रदेशका अध्यक्ष ज्योतिराज राईले बताए ।
महोत्सवले आदिवासी जनजाति चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार हुने राईको विश्वास छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ ०७:४३
प्रतिक्रिया दिनुहोस्