site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रियाल रिङ्गेट’को गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । साउन १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ । 

सार्वजनिक गीतले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द छ । रामचन्द्र काफ्लेको संगीत छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री नीता ढुंगानाको अभिनय र नृत्य छ । 

चलचित्रलाई विभोर पोखरेलले निर्देशन गरेका छन् । चलचित्रमा प्रमोद चौलागाईं र नीता ढुंगानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्