![अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, वित्तीय क्षेत्र व्यवस्थापनमा पोखरेल](https://12khari.top/uploads/posts/artha mantralaya21685344800.jpg)
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
हाल आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा रहेका सेवन्तक पोखरेलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंज्ञानीलाई मन्त्रालयकै प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।
तालिम प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख शोभाकान्त पौडेललाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।
महेश आचार्यलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुखको जिम्मेवारी दिइएको छ ।
मकवानपुरको प्रमुख जिल्ला अधिकारीबाट अर्थ मन्त्रालय ल्याइएका तीर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ । पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछिको परीक्षण कार्यालयमा पठाइएको छ ।
त्रिभुवन विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक महेश बराललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।भन्सार विभागकी उपमहानिर्देशक यमुना प्रधानलाई महालेखा नियन्त्रक कार्यालय पठाइएको छ । महालेखाका श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
आन्तरिक राजस्व विभाग कार्यालयका उपमहानिर्देशक गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ । सो कार्यालयका प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । श्रीचन्द्र साहलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभाग पठाइएको छ ।
सहसचिव महेश भट्टराईलाई अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाबाट भन्सार विभागको महानिर्देशक र प्रशासन महाशाखाका प्रमुख मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।