अर्थ व्यवसाय

काठमाडौं । भन्सार विभागको महानिर्देशक हरिशरण पुडाशैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको सरूवा भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार १७ जनाको सरूवा गरिएको हो ।
पुडाशैनीलाई राष्ट्रिय योजना आयोग र आचार्यलाई सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली र नारायणप्रसाद रिसालको पनि सरूवा भएको छ । मैनाली राष्ट्रिय सूचना आयोग र रिसाल गृह मन्त्रालयमा सरूवा भएका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी समेत रहेका तीर्थराज चिलुवाललाई अर्थ मन्त्रालयमा भित्र्याइएको छ । राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याललाई पनि अर्थ मन्त्रालयमै भित्र्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ २०:१५
प्रतिक्रिया दिनुहोस्