site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल टेक्निसियन प्रतियोगितामा नेपालका विनोद महर्जन प्रथम रनर–अप

काठमाडौं । अल्फा अटोमोटिभका टेक्निसियन विनोद महर्जन सुपर स्क्वाड ३.० ग्लोबल टेक्निसियन कम्पिटिसनमा पहिलो रनर–अप बनेका छन् ।

रोयल इनफिल्ड नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको नक्साल सर्भिस सेन्टरका सिनियर टेक्निसियन महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै सुपर स्क्वाड ३.० ग्लोबल टेक्निसियन कम्पिटिसनमा यो स्थान हासिल गरेका हुन् ।

Dabur Nepal

भारतको चेन्नईमा फेब्रुअरी ६ मा सम्पन्न प्रतियोगितामा विनोदले आफ्नो उच्च दक्षता, समर्पण, र व्यावसायिक क्षमताको प्रस्तुत गरेका हुन् ।

मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगितामा विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियनबीच प्रतिस्पर्धात्मक थियो ।

चेन्नईको सो कार्यक्रममा रोयल इनफिल्ड इन्डिया का ग्लोबल प्रोडक्ट हेडप्रदिप मेथ्युले, महर्जनलाई बधाईसहित प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ  ।

यसले नेपालका प्राविधिक अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पुष्टि भएको र यसले थप हौसला प्रदान गर्ने अल्फा अटोमोटिभले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro