site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापान पठाउने भनिएका २० हजार 'केयर गिभर' स्वास्थ्यकर्मी नै हुनुपर्ने हो ?

काठमाडौं । नेपालले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’अन्तर्गत २० हजार ‘केयर गिभर’ जापान पठाउने भएको छ । त्यसका निम्ति मंगलबार नेपाल र जापानका सम्बन्धित कम्पनी तथा निकायहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट सन्दिपनी ग्रुप अफ एजुकेसनले जापान पठाउने प्रक्रिया अघि बढाउनेछ । जापानका तर्फबाट जेन्काउ रिसर्च इन्स्टिच्युट, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका तर्फबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

Dabur Nepal

सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाका अनुसार, १८ वर्षदेखि ४५ वर्षसम्मका नेपाली नागरिक केयर गिभरका रूपमा जान पाउनेछन् । त्यसका निम्ति स्वास्थ्यकर्मी नै हुनुपर्ने अनिवार्य छैन । 

उनीहरूले जापानी भाषाको आधारभूत ज्ञान ‘एन–फोर लेभल’को भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । जापानमा केयर गिभिङका निम्ति आवश्यक तालिमसमेत लिएको हुनुपर्छ । भाषा र सिप परीक्षणपछि अन्तर्वार्तामार्फत उनीहरूलाई छनोट गरिनेछ ।

आवश्यक सिप, प्रविधिलगायत तालिम कम्पनीले नै प्रदान गर्नेछ । यसको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछन् । यी सबै प्रक्रिया पूरा गरी छनोट भएकाहरूलाई जापानी कम्पनी पीएसएस खाइगोले विभिन्न स्थानमा रोजगारी दिनेछ । 

यसरी जापान पुग्ने जनशक्तिले त्यहाँ तीनदेखि पाँच वर्षसम्म रोजगारी पाउनेछन् । उनीहरूले मासिक दुई लाखसम्म जापानी येन पारिश्रमिक पाउने सन्दिपनीले जनाएको छ । 

यसअघि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जी–टू–जी (सरकार–सरकार) प्रक्रियाबाट २०२४ मार्चदेखि फेब्रुअरीसम्म ४२ जना स्टाफ नर्स बेलायत पठाएको थियो ।

मन्त्रालयले पाइलट कार्यक्रमको रूपमा पहिलो चरणमा नेपालले १०० जना नर्स पठाउने योजना बनाएको थियो । तर, मापदण्डका आधारमा ४२ जना नर्समात्रै छनोट भएका थिए । उनीहरू हाल बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत रहेर सेवा दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro