site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वसन्त’मा वसन्त र शान्तिको प्रेम  

काठमाडौं । चलचित्र ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । प्रणय दिवसको पूर्वसन्ध्यामा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । 

टिजरको केन्द्रमा वसन्त र शान्ति छन् । उनीहरूको प्रेमबारेको कविता छ । मिलनले गरेको कवितावाचनमा टिजरकेन्द्रित छ । यो चलचित्रमा वसन्तको भूमिकामा प्रकाश सपूत र शान्तिको भूमिकामा स्वस्तिमा खड्काको अभिनय छ ।  

‘वसन्त’ चैत २२ गते प्रदर्शन हुँदै छ । 

चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

गायक तथा निर्देशक सपूतले यो चलचित्र निर्देशन गरेका छन् । 

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामामा कथा, पटकथा र संगीत पनि सपूतले नै तयार पारेका हुन् । 

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । 

चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro