site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एन्जिलाको विपक्षमा दयाहाङ, पक्षमा सिर्जना (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा एक युवतीले फुटबलर बन्ने सपना भेट्टाउन गरेको संघर्ष छ । 

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले अधिकांश समय लिएको टिजरमा उनले गरेको संघर्ष र कप्तानसम्मको यात्रा देखाइएको छ ।

Dabur Nepal

टिजरमा एन्जिलासँगै अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बालगायत कलाकार देखिएका छन् । दयाहाङ र सिर्जना एन्जिलाको आमा–बुवाको भूमिकामा छन् । 

टिजरमा बुवा फुटबलर बन्ने छोरीको विपक्षमा र आमा पक्षमा देखिएका छन् । 

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ । 

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठ तथा सह–निर्माता टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया हुन् । 

चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । यो चलचित्र फागुन २९ गते रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro